Logo

सप्तरीमा १३ वर्षकी बालिकाको किर्ते जन्मदर्ता आधारमा कानुनी विवाह, विवाह गर्ने युवक कारागारमा

                     
Logo ९ असार २०८०, शनिबार २०:१०    

कञ्चनरूप । सप्तरीमा  किर्ते जन्म दर्ताका आधारमा १३ वर्षकी बालिकालाई २१ वर्ष देखाई विवाह गरेको पाइएको छ ।

किर्ते जन्म दर्ता बनाएर जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने मनोज कुमार रामले अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ बस्ने बविता इसरसँग कानुनी मान्यता दिदै कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।

रामले बबिताको जन्म २०५८ साल जेठ ११ गते भएको भन्दै जन्म दर्ता बनाए र अदालतबाट ‘कोर्ट म्यारिज’ गर्दा अग्निसाइर कृष्णसवरण गाउँपालिकामा बबिताको उमेर १३ बर्ष २ महिना १५ दिन मात्रै देखिएको छ ।

वडा कार्यालयको रेकर्डमा बबिताको जन्म २०६७ साल बैशाख २४ गते भएको भन्दै जन्मदर्ता दिइएको छ । वडा कार्यालयले २०७५ साल बैशाख २५ गते बबितालाई यो जन्म दर्ता दिइएको पाइएको छ ।

जब की बबिताका पिता ललित कुमार इसर र आमा सावित्राको २०६३ साल जेठ १२ गते विवाह भएको वडा कार्यलयमा रहेको रेकर्डले देखाको छ ।

किर्ते गरी बनाइएको नक्कली जन्म दर्तामा बबिताको जन्म २०५८ साल जेठ ११ गते नै उल्लेख गरिएको छ । वडा कार्यालयको जन्म दर्ता सम्बन्धी रेकर्ड रजिस्टर (पुरानो रजिष्ट) मा बबिताको नाम उल्लेख गरी अर्को जन्म दर्ता दिइएको छ ।

गजबको कुरा के ज भने आमा बाबुको बिहे भन्दा अधिको जन्म दर्ता गरेको त देखिएको छ । बविता इसरसले प्रतिलिपि लिएको जन्म दर्तामा प्रतिलिपि प्रमाणित गरेको मिति २०८०।०२।११ गते देखिएको छ र अग्निसाइर कृष्णसवरण गाउँपालिकाको छापमा भने २ नं. प्रदेश लेखिएको देखिन्छ । जबकि गाउँपालिकाको २ नं. प्रदेश लेखिएको छाप हटाएर मधेश प्रदेश लेखिएको छाप प्रयोगमा ल्याएको छ ।

बालिकासँग विवाह गर्ने मनोज र उनका दाजु भने अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् । बालिकाका परिवारले दायर गरेको अपहरण तथा शरीर बन्धक मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशमा दुवैलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

मनोजले गत जेठ २१ गते बबितालाई लिएर कपिलवस्तु पुगी कोर्ट म्यारिज गरेका हुन् । किर्ते जन्म दर्ताकै आधारमा कपिलवस्तु जिल्ला अदालतले दुवैको उमेर २१–२१ वर्ष पुगेको भन्दै विवाह गरेको प्रमाणपत्र दिएको छ ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादव, वडाका वर्तमान सचिव रमेश घिमिरे, यसअघिका सचिव प्रवीण कुमार यादवले बबिताको उमेर थप गरेर किर्ते नागरिकता बनाएको बताएका छन् । किर्ते जन्म दर्ता बनाउने मनोजका दाजु पर्ने नारायण रामलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा जाहेरी समेत दिएको वडा अध्यक्ष यादवले बताए ।

उपल्लो जातको केटीसँग बिहे गरेकै कारण जेलमा पठाइएको भन्दै दलित अगुवाहरूले विरोध गरिरहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?