सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई पक्षले आफू वैधानिक भन्दै नगर सभा गर्ने र नगर्ने बिच दोषारोपणका बिच नगरसभा नहुदाँ नगरपालिका चौतर्फी आलोचनाको सिकार भएको छ ।


कञ्चनरूप नगरपालिकाका नगरप्रमुख र उपप्रमुख दुई धारमा उभिदा नगरमा यस्तो परिस्थिति उत्पन्न भएको हो ।
नगरसभा गर्ने र नगर्ने बिच विवादका सामाजिक सञ्जालमा छताछुल्ल भए पछि दुवै पक्ष आलोचना सिकार भएका छन । जताले तिरेको करमा साढेको जुधाई भएको छ ।

६३ हजार ५ सय ५६ जना जनताको भावनासँग सिधा खेलवाड भएको सामाजिक सञ्चालनमा तिखो आलोचना भएको छ ।
कञ्चनरूप नगरपालिकाको कूल ६५ जना नगरसभा सदस्यमध्ये २७ जना एकातर्फ बाँकी अर्को तर्फ उपस्थिति हुँदा नगरको आगामी वर्ष के होला हेर्न बाँकी छ ।
नियम विपरीत र नियम संगत बिचको लडाइमा घाटा जनताको भएको छ । यसको मर्म कसले बुझने सबै जनताको नाम जप्ने गर्ने बेलामा यस्तो हर्कत वा रे जनप्रतिनिधि ?
असार १० गतेभित्र पालिकाको सभा गरिसक्नुपर्ने व्यवस्था भए पनि हुन नसक्नु कञ्चनरूप मा दोषको ?












