Logo

कञ्चनरूपमा सम्पत्ति कर कार्यन्वयन सम्बन्धी  २ दिने अभिभुखिकरण तालिम सञ्चालन

                     
Logo ११ असार २०८०, सोमबार २१:२९    

११ असार , कञ्चनरूप । सप्तरीको कञ्चनरूपमा सम्पत्ति कर कार्यन्वयन सम्बन्धी  २ दिने अभिभुखिकरण तालिम शुरु भएको छ ।

नेपाल ग्रामीण विकास समाज सप्तरीको आयो जना तथा कञ्चनरूप नगरपालिकाको सहयोगमा सञ्चालित २ दिने सम्पत्ति कर कार्यन्वयन सम्बन्धी अभिभुखिकरण तालिम नग प्रमुख

ललन प्रसाद गुप्ता प्रमुख आतिथ्यमा तथा उप प्रमुख मुना कुमारी पोखरेलको विशिष्ट आतिथ्यमा उद्घाटन भएको थियो ।

नगर प्रमुख गुप्ताले नगरको विकास कार्यको लागी करको दायरमा आउनु सबैमा आग्रह गरेका थिए । सबैले तिरै  समयमै तिरै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

त्यस्तै उप प्रमुख पोखरेलले नगर भरि रहेका नदि जन्य बालुवा , गिट्टी ढुंगाबाट कर लिन सके नगरको सम्पत्ति तथा आम्दानी बढ्ने  बताई ।

दुई दिन चल्ने अभिभुखिकरण कार्यक्रमको सहजीकरण कर सेवा दाता केन्द्र राजविराजका निरज कुमार कर्ण तथा सुबोध चौधरीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल ग्रामीण विकास समाज सप्तरीका अध्यक्ष पुरुषोत्तम चौधरीले गरेका थिए । अभिभुखिकरण तालिम जन प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यापारीहरूको सहभागिता रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?