११,असार , सप्तकोसी । सप्तरीको सप्तकोसी नगरपालिकाको ११औं नगरसभा आइतबार सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८०र०८१ को लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरसभा सम्पन्न भएको हो ।


माध्यमिक विद्यालय फत्तेपुरको सभा हलमा आयोजित ११ औं नगर सभामा सप्तकोसी नगर स्वच्छ, सफा, हरियाली, स्मार्ट शहर, सर्वाङ्गीण विकासको पूर्वाधार, सप्तकोसी नगरपालिकाको समृद्धिको आधार भन्ने मुल नाराका साथ नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरीले ४१ करोड ५७ लाख २ हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
कार्यक्रम विधिवत रुपमा दिपप्रज्वलन, राष्ट्र गान र ज्ञात अज्ञात वीर सहिदहरू प्रति मौन धारण गरि सुरु गरिएको थियो । उक्त कार्यक्रममा सप्तकोसी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद ढकालले आ।ब। २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

जसमा आर्थिक वर्ष २०८०र०८१ को लागि संघीय सरकार बाट प्राप्त हुने ससर्त अनुदान तर्फ १२ करोड २९ लाख, प्रदेश सरकार बाट प्राप्त हुने ससर्त अनुदान तर्फ अनुमानित १ करोड ५० लाख ,संघीय सरकार बाट प्राप्त हुने सम्पर्क अनुदान तर्फ १ करोड ८० लाख, संघीय सरकार बाट प्राप्त हुने विशेष अनुदान तर्फ २ करोड ,संघीय सरकार वित्तिय समानीकरण अनुदान तर्फ, ९ करोड ११ लाख, प्रदेश सरकार बाट प्राप्त हुने विशेष अनुदान तर्फ ३० लाख ,प्रदेश सरकार बाट प्राप्त हुने सम्पूरक अनुदान तर्फ २० लाख बराबरको कार्यक्रम ल्याएका छन् ।
त्यस्तै विषयगत शाखा तर्फ २ करोड २२ लाख ९५ हजार बराबरको रकम विनियोजित गरेको छ । जसमा स्वास्थ्य शाखा तर्फ ६० लाख, शिक्षा शाखा तर्फ ५० लाख, कृषि विकास शाखा तर्फ २९ लाख ५० हजार, पशु शाखा तर्फ ४४ लाख, महिला तथा बालबालिका शाखा तर्फ १५ लाख, सामाजिक विकास शाखा तर्फ १० लाख, पञ्जिकरण शाखा तर्फ ८ लाख ४५ हजार र रोजगार तथा सूचना प्रविधि शाखा तर्फ ६ लाख गरि जम्मा २ करोड २२ लाख ९५ हजार रकम विनियोजित गरेको छ ।
त्यस्तै वडा तर्फ ३ करोड बराबरको रकम विनियोजित गरेका छ्न । जसमा सप्तकोसी नगरपालिका वडा नं। १ तर्फ रु। ४१ लाख ४० हजार,वडा नं। २ तर्फ रु। २८ लाख ११ हजार,वडा नं। ३ तर्फ रु। २४ लाख ५७ हजार, वडा नं। ४ तर्फ रु। २७ लाख ९३ हजार,वडा नं। ५ तर्फ रु। २४ लाख २४ हजार, वडा नं। ६ तर्फ रु। २४ लाख ७५ हजार, वडा नं। ७ तर्फ रु। २३ लाख ९७ हजार,वडा नं। ८ तर्फ रु। २६ लाख १० हजार, वडा नं। ९ तर्फ रु। २४ लाख ९९ हजार, वडा नं। १० तर्फ रु। २७ लाख ६६ हजार र वडा नं। ११ तर्फ रु। २६ लाख २८ हजार गरि जम्मा ३ करोड रकम विनियोजित गरेको छ ।
नगर प्रमुख ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईं, मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय कृष्ण प्रसाद यादव, पूर्व युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, पुर्न कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री माननीय राजकुमार लेखी, निवर्तमान नगर प्रमुख उत्तम कुमार शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको नगरपालिकाको सम्पूर्ण वडाका जनप्रतिनिधि लगायत कर्मचारीहरू, कार्यपालिकाको सदस्यहरू सहित सुरक्षाकर्मी, लगायत पत्रकारको उपस्थिति रहेको थियो ।












