Logo

नारी शक्तिको जागरण गराउने भन्दै  ठगी गर्ने धर्म गुरु पक्राउ

                     
Logo १२ असार २०८०, मंगलवार २०:१७    

अम्बिका दाहाल ,१२ असार ,काठमाडौँ । नारी शक्तिको जागरण गराउने भन्दै करोडौं ठगी गर्ने कथित धर्म गुरु पक्राउ परेका छन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  शिवसुत गौरी भक्त भनिने कथित धर्म गुरुलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा भन्ने नारा बनाई पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा रकम लगानी गर्न अभिप्रेरित गराउने उद्देश्यले शुल्क उठाई ठगी गरेका थिए ।

नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरूबाट करिब ५ करोड रुपैयाँ र १ सय तोला भन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका (४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काफ्ले समेतले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितहरूलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटकपटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिवारको सदस्यलाई मारी दिने जस्ता धम्की दिई ठगी गरेको भन्ने उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?