१२.असार , कञ्चनरूप । सप्तरीको कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले नगरवासीबाट विभिन्न शीर्षकमा लिएका कर हर नगरका हरेक क्षेत्रमा जनतालाई नै अप्रत्यक्ष रुपमा नै फिर्ता गर्ने गरको बताए ।


सम्पत्ति कर कार्यन्वयन सम्बन्धी २ दिने अभिभुखिकरण तालिमका समापनलाई सम्बोधन गर्दैन नगर प्रमुख गुप्ताले यस्तो बताएका हनु । नगर प्रमुख गुप्ताले जनताले करकै माध्यमबाट नगरको विकासशील कार्य बाटो घाटो सडक बत्तीः जस्ता जनताले प्रत्यक्षरूपमा पाउने कार्य करको माध्यमबाटै सम्भव हुने बताए ।
अभिभुखिकरण तालिममा कर सेवा दाता केन्द्र राजविराजका प्रमुख डिल्लीरमण भण्डारी सम्पत्ति कर तथा यसका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपकारेमा हलमा उठेको प्रश्नहरूको उत्तर दिएका थिए

नेपाल ग्रामीण विकास समाज सप्तरीको आयो जना तथा कञ्चनरूप नगरपालिकाको सहयोगमा सञ्चालित २ दिने सम्पत्ति कर कार्यन्वयन सम्बन्धी
तालिम जन प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यापारीहरूको सहभागिता रहेको थियो भने सहभागीलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।












