१२ असार कञ्चनरूप,। कञ्चनरूप नगरपालिका सप्तरीको राजविराजमा सम्पन्न पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उप विजेताको उपाधि जितेको कञ्चनरूप राइनो टिमलाई कञ्चनरूप नगरपालिकाले सम्मान तथा स्वागत गरेको छ ।


सप्तरी प्रिमियर लिगको क्रिकेटको दोस्रो स्थान हासिल गरेको उपलक्ष्यमा खेलाडीहरूको नगर प्रमुख ललन प्रसाद गुप्ता तथा उप प्रमुख मुना कुमारी पोखरेले सम्मान गरको थिए ।
नगर प्रमुख गुप्ताले दोस्रो स्थानमा आएको भनेर हतोत्साहित नहुन खिलाडीलाई आग्रह गर्दे आगामी दिनमा अझ शसक्त रुपमा लेख खेल्न आग्रह गरे । गुप्ताले खेलाडी र खेल क्षेत्रमा अझै स्तरीय र व्यवसायीक बनाउन आफ प्रयास रत रहेको बताए । उप प्रमुख पोखरेलले प्रिमियर लिगमा सहभागी मै कञ्चनरूपले जिल्लामा पहिचान बनाउनु नै ठुलो जित भएको बताइन ।

कञ्चनरुप को लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रनको योगदान दिए । यस क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाएका थिए ।
खडक वारियर्सले तेस्रो पटक लिगको उपाधि जित्दै नगद तीन लाख रुपियाँ हात पारेको हो ।












