Logo

सप्तरीका पत्रकारहरूका आन्दोलन स्थगित

                     
Logo ३० श्रावण २०८०, मंगलवार २१:३१    

राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घोषणा गरेको आन्दोलनका कार्यक्रम मङ्गलबारबाट स्थगित भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटि नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।

सोही विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयले पटकपटक वार्ताका निम्ति पत्र पठाएको र ३० गते मंगलबार आयोजित धर्नास्थलमै आएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वार्ताका निम्ति अनुरोध गरेपछि विङ्सका नेतृत्वसँग समेत सल्लाह गरेर पत्रकार महासङ्घका पदाधिकारी र सदस्य वार्तामा बसेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचनाले संविधान विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको ठहर गर्दे विगत ६ दिन देखी पत्रकार महासंघ आन्दोलनमा रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?