कञ्चनरूप । सप्तरीमा विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले राजविराजबाट बुधबार घुससहित रंगेहात पक्राउ गरेको हो ।
दुबै जनालाई घुसको रकम लिँदै गर्दा आज बिहान राजविराजबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।
लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापाल रहि कार्य गर्दे समेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरण आउन बाँकी रहेको बताए । सेवाग्राहीसँग २ लाख घुस लिँदालिँदै अख्तियारको टोलीले नियन्त्रण लिएको जनाइएको छ ।