कञ्चनरूप । सप्तरीका पूर्वी क्षेत्रका दुई पालिकामा पछिल्लो समय डेङ्गु सङ्क्रमित भेटिएका छन् । पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण रोगका बिरामी भेटिएका हुन् ।


सप्तकोशी नगरपालिकामा श्रावण ३२ गते बिहीवार ज्वरो जचाउँन आएका बिरामहरूको परिक्षण गर्दा २२ जनामा डेङ्गु रोग संक्रमण पुष्टि भएको हो ।
सप्तकोशी नगरपालिका फत्तेपुरका स्वास्थ्य चौकी प्रमुख राजकुमार दास अनुसार संक्रमण हुनेमा सप्तकोशी नगरपालिका वडा नं,१ मा ११ जना, वडा नं. २ मा ५ जना, वडा नं. ३ मा २ जना, र वडा नं. ४ मा ४ जना गरि जम्मा २२ जनामा डेङ्गु रोग संक्रमण पुष्टि भएको बताएका छन ।

यस्तै कञ्चनरूप नगरपालिकामा ९ नं. वडा अध्यक्ष सहित ११ जना गन बुधबार डेङ्गु रोग संक्रमण पुष्टि भएको थियो ।












