कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा डेंगु रोगको विमारीहरू लगातर बढ्न थाले पछि स्वास्थ्य टोलीले सोमबार लामखुट्टे नियन्त्रणको लागी विषादी छर्कने कार्यक्रम सञ्चालन गरेको छ ।


नगर प्रमुख ललन प्रसाद गुप्ताले लामखुट्टे नियन्त्रणको लागी विषादी छर्कने कार्यक्रम पालिकाको वडा न ४ को बकालबाट स्प्रे गरी विषादी छर्केर सुरुवात गरेका छन ।
विषादी छर्कने कार्यलाई सबैले सहयोग गर्न आग्रह गर्दे डेंगु रोग लगोको शंका लागेमा चिकित्सकको सल्लाह अनुसार औषधी उपचारमा जान आग्रह गरेका छन । कञ्चनरूपमा डेंगु देखा परेपछि स्वास्थ्य शाखाले पालिकाका १२ वटै वडामा लामखुट्टे नियन्त्रणको लागी विषादी छर्कन अभियान वडा नं। ४ बाट सुरुवात गरेको स्वास्थ्य शाखा प्रमुख राम सेवक यादवले जनाएका छन । विषादी छर्कने कार्यका लागी पालिकाबाट १५ जनाको टोली परिचालन गरि केही दिन भित्र सबै वडामा पुग्ने स्वास्थ्य शाखा प्रमुख यादवले बताएका छन ।

डेंगु रोगको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्याकी , खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको हेरी खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । कञ्चनरूप नगरपालिकामा १४ जनामा डेँगु रोग देखापरेको छ । पालिकामा डेँगु देखापरेपछि जनचेतना मूलक कार्यक्रमसँगै डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्नका लागि प्रभावित क्षेत्रमा औषधी छर्नेदेखि जनचेतनामूलक कार्यक्रमहरू निरन्तरता दिइने उनले जानकारी दिए ।
विषादी छर्कने कार्यक्रममा उप प्रमुख मुना कुमारी पोखरेल , स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव , स्वास्थ्य शाखा उप प्रमुख डम्बर प्रसाद गुप्ता, स्वास्थ्य शाखाका सुरेन्द्र गुप्ता , वडा नं।४ वडा अध्यक्ष जोगेन्द्र पासमान लगायतको सहभागिता रहेको थियो ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ ।












