कठौना । नेकपा माओवादी केन्द्र महिला नेतृ तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको मधेस प्रदेश इन्चार्ज केन्द्रीय उपाध्यक्ष रुबी कर्णले महिलाहरूले सही प्रतिनिधि पठाउन नसकेकै कारण पछिल्लो पाँच वर्ष उपलब्धिमूलक बन्न नसकेको बताएकी छन ।


पाटी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शम्भुनाथको नगर कमिटी गठनको भेलालाई सम्बोधन गर्दे उनले यस्तो बताएकी हुन ।
महिला नेतृ कर्णले प्रमुख अतिथिको आसनबाट बोल्दै हजारौं शहीदहरूको बलिदानबाट प्राप्त संविधानबाटै महिलाले अधिकार प्राप्त गरेको बताइन् । उनले भनिन्न अब सही नेतृत्व चयन गर्ने बेला आएको धारणा व्यक्त गरिन । राज्यको मूल प्रवाहमा महिलाहरूलाई ल्याउन माओवादीले दिलाएको अवसर र अधिकारको स्मरण दिलाउँदै उनले सही प्रतिनिधि छनौटमा प्रत्येक महिलालाई प्रशिक्षण दिन सुझाव दिइन् ।

नेकपा (माओवादी केन्द्र) शम्भुनाथ नगर कमिटीको आयोजना भएको भेलाले लक्छमी पासवानको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको सचिव सरिता चौधरी रहेकी छन् ।












