Logo

धादिङमा म्याजिक जोगाउँदा त्रिशुलीमा गाडी खस्यो ८ जनाको मृत्यु, ८ जना गम्भीर 

                     
Logo ६ भाद्र २०८०, बुधबार १३:५४    

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालिसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवार मध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

दुर्घटनास्थलमा घाईते अवस्थामा भेटिएका  चालकले आफूले पहिलो पटक उक्त गाडी चलाएकाले गाडी नम्बर समेत थाहा नभएको बताए । आज  उक्त गाडीका चालक नभएकाले आफूले चलाएको  गाडी धादिङको चालिसे झरना आइपुग्दा विपरित दिशाबाट तीब्र गतिमा आएको म्युजिकका कारण दुर्घटनामा परेको बताए । तीब्र गतिमा सन्तुलन गुमाउन लागेको म्युजिकलाई जोगाउन खोज्दा बस त्रिशुलीमा खसेको उनको भनाई छ । दुर्घटनामा ८ जनाको निधन भएको प्रहरीले पुष्टि गरेको छ । घाइतेहरूलाई स्थानीय गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी छ । 

 


लोकप्रिय छुटाउनुभयो कि ?