निर्मला दहाल ,लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाई घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिप रन्जन यादवलाई १०


हजार घुसको रकम सहित पक्राउ गरेको हो ।
बर्दिबासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वा स्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको

कार्यालयमा छापामारी गरेको थियो ।
अमिन यादवले साविक गा।विरस।तरेगना गोविन्दपुरको गाउँ ब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको
रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
पक्राउ परेका अमिन यादवले कार्यालयमै सेवाग्राहीलाई बोलाएर घुस लिए पछी रङ्गेहात पक्राउ गरिएको थियो । घुस
रकमसहित यादवलाई आवश्यक कारवाहीको लागि सर्जमिन मुचुल्का उठाइ आयोगको कार्यालय बर्दिवास लगिएको
जनाइएको छ ।












