Logo

भारतले रच्यो इतिहास : भारतको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण

                     
Logo ६ भाद्र २०८०, बुधबार २०:००    

एजेन्सी । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ। नेपाली समय अनुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।

चन्द्रयान–३ को सफलतासँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ। चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महत्वाकाङ्क्षी प्रयास सार्वजनिक भएको हो। चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ। 


लोकप्रिय छुटाउनुभयो कि ?