हेटौँडा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।


काठमाडौँबाट महोत्तरीको लोहार पट्टीका छुटेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति १ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चार महिला र तीन पुरुषको मृत्यु भएको र मृत्यु हुनेमा ६ भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

चालकसहित २७ यात्रु सवार बस चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणमा खसेको छ । दुर्घटनामा घाइते १९ जनको हेटौंडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












