कञ्चनरूप । सप्तरी कञ्चनरूप ११ ठेलीयाकी ६५ वर्षीया वृद्धाको १ लाख ९० हजार रुपैयाँ लुटिएको छ ।


कञ्चनरूप नगरपालिका ११ ठेलियाकी ६५ वर्षीया मंगलीदेवी चौधरीको १ लाख ९० हजार रुपैयाँ लिएर राजविराज जाने क्रममा बसमा नै लुटिएकी हुन ।
मंगलीदेवीले कञ्चनपुर नगरपालिका स्थित मेरो माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडमा जग्गा धितो राखेर श्रीमानको उपचार तथा नाति नातिनीको विद्यालय शुल्क बुझाउनका लागि ऋण निकालेकी थिइन् ।

उक्त रकम लिएर राजविराज जान उनी विष्णु ट्राभल्स नाम गरेको बस चढिन रुपनीमा बसबाट उत्रिए पछि झोला च्यातिएको देखिन र हत्तपत्त हेर्दा रकम देखिनन् झोला काटेर रकम कैले लगेको चाल पाइन । मंगलीदेवीले आफू वित्तिय संस्थाबाट रकम लिएर बसमा चढ्दा २÷३ जना अपरिचित पच्छ्याउदै बसमा चढेको बताई ।
रित्तो झोला बोकेर बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेर भावुक हुँदै प्रहरीसमक्ष रकम पत्ता लगाई दिन हारगुहार गरिन । वृद्धाको बयानको आधारमा अपराधी पत्ता लगाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।












