सामाजिक अभियान्ता भनेको के हो, यसको परिभाषा र बहन गर्ने जिम्मेवारी कस्तो हुन्छ, बुझ्न आवश्यक छ । सामान्य भाषामा एक औसत मान्छेले सामाजिक अभियन्तालाई समाजको अगुवा वा समाजमा सही काम र सन्देश प्रवाह गर्ने मान्छेका रूपमा चिन्छन् । यसबारे गहन अध्ययन तथा सामाजिक परिवेशभित्रको अवस्था पनि बुझ्न जरुरी हुन्छ ।


सामाजिक सञ्जालको बढ्दो पहुँचसँगै आफूलाई ‘सामाजिक अभियन्ता’ घोषित गरिरहेका छन् । शिष्ट र सभ्य रूपले कसैको आलोचना र विरोध गर्नु अलंकार मानिन्छ ।
केहीले ‘सामाजिक अभियन्ता’ को नाममा कुण्ठा पोख्ने बाहेक केही भएको देखिदैन । यी आफूलाई ‘सामाजिक अभियन्ता’ले सामाजिक सञ्जालमा पोष्ट गर्दा नी ताली र वाह वाह गर्ने अर्को थरी जमात पनि उतिकै छ । त्यो कति विज्ञ हो , समाज उसको कुन हैसियत छ । उसको समाज शास्त्रमा कति ज्ञान छ । त्यसको पृष्ठ भूमि के हो । उसले बोलेका भाषा ज्ञान, शब्दावलीहरू के छन त्यो हेर्ने फुर्सद छैन । आफूलाई आफैले न्वारन गर्नेलाई सामाजिक अभियन्ता मानिदिनु पर्ने । विद्यालयमा आधारभूत तह समेत पास गर्न नसक्नेले पिएचडी गरेकालाई ज्ञान दिने हैसियत देखाउँछन् ।

कसको क्षेत्र अधिकार कति हो र उसले कति सम्म गर्न सक्छ । त्यो समान्य ज्ञान समेत नभएका अरुलाई आचरणको परिभाषा दिँदै आफूलाई सामाजिक अभियन्ता घोषित गर्नु भनेको समाजलाई पंगु बनाउनु मात्र हो ।
पछिल्लो समय च्याउझैं उम्रेका सामाजिक अभियन्ताहरू अराजकताका पर्यायका रुपमा देखापरेका छन् ।
सामाजिक अभियन्ता’ वा ’समाजसेवी’ यी शब्दावलीहरू आजकल निकै नै दुरुपयोग भएको पाइन्छ । खास गरी समाजिक सञ्जालको बढ्दो पहुँचले गर्दा पनि फेसबुकमा पोस्टिने गरेका तस्बिरहरूले मान्छेलाई सामाजिक अभियन्ता भएको आत्मरतिमा रमाउने प्रशस्त मौका दिएको छ ।
समाजको अगुवा वा समाजमा असल काम गरेर सकारात्मक सन्देश प्रवाह गर्ने मान्छेको रूपमा सामाजिक अभियन्ता परिभाषित हुन् पर्नेमा एकको समर्थनमा अर्काको वा विरोधी प्रति खरो आलोचना गर्ने अरूलाई नैतिकता र सदाचारको प्रश्न उठाउने त्यस्ता अभियन्ता आफैँ चैं कति पानीमाथिको ओभानो छन् त ?
कुन ठाउँमा के के गर्न हुन्न भन्ने समान्य जानकारी समेत नभएका जसको भिडियो अथवा फोटो लिने नदिएका सामाजिक सञ्चालनमा विरोध गर्ने कथित् अभियन्ताको आचरण हनु ।
फोटो भिडियोका आधारमा कथित् अभियन्ताको उत्पत्ति नै विरोधमै उत्रिने । यिनको धनुषवाण जहिल्यै अरुको कन्पट्टीमा सोझि रहन्छ । यिनले खबरदारी गर्न विरोध गर्दैनन्, ’पब्लिक सेन्टिमेन्ट क्याच्च’ गर्न विरोध गर्छन् । स्वतन्त्रता लोकतन्त्रको सौन्दर्यता हो, यसमा कुनै शंका छैन । अरुको आलोचना गर्दै गर्दा के मर्यादा बिर्सेर अरुको चरित्र हत्या गर्न पाइन्छ ?
सधैँ चर्चामा रहन कहाँनेर के बोल्नुपर्छ, नारदले पनि यिनैबाट सिकेको जस्तै । कुन मुद्दा कसरी उठाउँदा अरुलाई पंगु बनाउन सकिन्छ, ठ्याक्कै मिनी नेता भन्दा फरक पर्दैन । भ्रम सिर्जना गर्न कुनै बहुरुपियाले यिनैबाट सिकून् । केही अभियन्ता यस्ता लाग्छन्, नेतालाई मेसिनमा फोटोकपी गर्न लाग्दा बिग्रेका प्रति हुन् । केही मात्राका सामाजिक अभियन्ता काग जस्तै छन्, पूजा हुन्छ तर चटके छट्टु !
एक अभियन्ताले के बोल्ने भन्ने कुराले सामाजिक रूपमा धेरै ठूलो अर्थ राख्दछ । गलत व्यक्तिलाई सही हो भन्दै प्रश्रय दिन थालियो भने र सही व्यक्तिका विरुद्धमा आगो ओकल्न थालियो भने समाज पूरै पंगु बन्न थाल्छ ।
आत्मानुशासन र शिष्टता प्राज्ञिक ज्ञान, भाषाको मिलान , निती नियम यिहरुका लागी समान्य हो अरुले के गल्ती गर्छन र त्यहाँ आफ्नो रङ दलेर सारा कुण्ठा निकाल्न सकिन्छ त्यति मात्रै धान रहन्छ ।












