Logo

सप्तरीको साक्षरता दरमा वृद्धि हुनुको साटो उल्टै घट्दै : प्रदेशसभा सदस्य लेखी

                     
Logo ९ भाद्र २०८०, शनिबार १७:०४    

कञ्चनरूप ।  मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य राज कुमार लेखीले सप्तरीको साक्षरता दरमा वृद्धि हुनुको साटो उल्टै घट्दै गएको गएको बताएका छन ।

सप्तरीको कञ्चनरूप १२ स्थित रूपनगर नन्दराज संग्रौला कयाम्पसको वेबसाइट तथा कम्युप्टर प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रदेशसभा सदस्य लेखीले विगत १० दशक अघि सप्तरी सहित मधेश प्रदेशका अन्य जिल्लामा साक्षरतामा ६५ प्रतिशत रहेकोमा हाल आएर वृद्धि हुनुको साटो घटेर ५५ प्रतिशत घटेको बताए ।  हामी काहा छौ र हाम्रो स्तर काहा छ भन्ने कुराको सहजै आकलन गर्न सकिने बताए । शिक्षाको प्रतिशत दरमा वृद्धि गर्न एक सांसद मन्त्री , नगर गाउँ प्रमुख वा वडा अध्यक्षले एकैले गर्न सकिने कुरा नभएको उल्लेख गरे ।

प्रदेशसभा सदस्य लेखीले यस क्षेत्रमा शिक्षाको क्षेत्रको विकास गर्ने चाहने विद्यालय क्याम्पस तथा शैक्षिक क्षेत्रले २० प्रतिशत रकम बेहोरे आफ्नो पहलबाट अन्य दातृ निकायबाट ८० प्रतिशत रकम उपलब्ध गराउने वाचा सकेत गरेकाछन् ।

रूपनगर नन्दराज संग्रौला कयाम्पसको वेबसाइट तथा कम्युप्टर प्रयोगशाला उद्घाटन कार्यक्रममा कञ्चनरूप नगर प्रमुख ललन प्रसाद गुप्ता, पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र , पूर्व रूपनगर गाविस उपाध्यक्ष नवराज पोखरेल, पूर्व प्राधानाध्यापक तीर्थराज उपाध्याय लगायत क्याम्पस सञ्चालक समित सदस्यहरू , शिक्षा प्रेमी, बुद्धिजीवी, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू  पत्रकारहरूको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता रूपनगर नन्दराज संग्रौला कयाम्पसको सञ्चालक समितिका अध्यक्ष एवम् जग्गा दाता गिरिराज संग्रौला गरेका थिए ।  


लोकप्रिय छुटाउनुभयो कि ?