कञ्चनरूप । कञ्चनरूप नगर प्रमुख ललन प्रसाद गुप्ताले शिक्षाको गर्ने स्वास्थ्यको कुरा गर्ने अनि अरुको भर पर्ने अनि सँधै एकले अर्काको कुरा काट्ने परिपाटिले हामी पछाडि परेको बताएका छन ।


सप्तरीको कञ्चनरूप १२ स्थित रूपनगर नन्दराज संग्रौला कयाम्पसको वेबसाइट तथा कम्युप्टर प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
नगर प्रमुख गुप्ताले यस पालिकामा बुद्धिजीवीको कमी छैन वहाँहरू सिदा भन्न सक्नु हुन्न घुमारो पारमा घोच्ने गर्नु हुन्छ ।

यस पालिकाबाट शिक्षा र स्वास्थ्यको क्षेत्रमा देश विदेशमा सेवा प्रदान गरि रहुनभएको छ । वहाँहरूलाई यहा ल्याउने वातावरण बनाउनुको साटो डाक्टर आएन भन्ने रटान लगाउनुको के अर्थ रु
विज्ञहरू यहा आए वा ल्याएमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा परिवर्तन हुने विश्वास व्यक्त गरे ।
नगर प्रमुख गुप्ताले पूर्व नगर प्रमुख बसन्त मिश्रलाई इङ्गित गर्दै अघिल्लो कार्यकालका नगर प्रमुखको बारेमा वा यस पालिकाका विकासका बारेमा अवरोध विरोध गरको भए देखान आग्रह गरे ।
७४ को स्थानीय निर्वाचनमा आफू निर्वाचन नहुँदा पनि सदैव नगरको विकासको कार्यमा नै रहको थिए । त्यसको साक्षी यहाँका जनतानै रहेको बताए ।
रूपनगर नन्दराज संग्रौला कयाम्पसको वेबसाइट तथा कम्युप्टर प्रयोगशाला उद्घाटन कार्यक्रममा मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य राज कुमार लेखी, गुप्ता, पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र , पूर्व रूपनगर गाविस उपाध्यक्ष नवराज पोखरेल, पूर्व प्राधानाध्यापक तीर्थराज उपाध्याय लगायत क्याम्पस सञ्चालक समित सदस्यहरू , शिक्षा प्रेमी, बुद्धिजीवी, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू पत्रकारहरूको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता रूपनगर नन्दराज संग्रौला कयाम्पसको सञ्चालक समितिका अध्यक्ष एवम् जग्गा दाता गिरिराज संग्रौला गरेका थिए ।












