Logo

सार्वजनिक यातायातबाटै अपहरण , फिरौती रकम मोबाइल बैंकिङबाट असुल्ने पक्राउ

                     
Logo ११ भाद्र २०८०, सोमबार १२:१०    

कञ्चनरूप । सप्तरी प्रहरीले अपहरण गरि फिरौती रकम असुल्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराजका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज वडा नं। १ का अजय कुमार दास रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दासले सुनसरी जिल्ला धरानका  एक महिला र पुरुष गत साउन २९ गते आफ्नो व्यावसायिक कामको सिलसिलामा राजविराज आएका र कामकाज सकी म्याजिक चढेर घर जाने क्रममा रुपनी तर्फ जाँदै  गरेको अवस्थामा मोटरसाइकल चढेर आएका दास सहितका केही व्यक्तिहरूले युनिक अस्पताल नजिकबाट अपहरण गरेका थिए । सो क्रममा दुबै जनालाई म्युजिकबाट ओरालेर

धाकधम्की दिई उनीहरूको साथमा रहेको ९७ हजार नगद र महिलाका श्रीमानलाई सोही समयमा फोन    गरी मोबाइल बैंकिङ मार्फत थप १ लाख फिरौती मागे गरेको प्रहरीले जनाएको छ ।

फिरौती रकम प्राप्त भए पछि उनीहरु घटनास्थलबाट फरार भएपछि प्रहरीले उक्त घटनामा संलग्न मध्ये दासलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?