Logo

राजविराज स्थित भलुवाही खोलामा सालनाल सहित नवजात शिशु मृत फेला

                     
Logo १३ भाद्र २०८०, बुधबार ११:००    

कन्चनरूप। सप्तरीको राजविराजमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ ।

राजबिराज-हनुमानगर सडकखण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको हो ।

बुधबार बिहान भलुवाही पुल तल सालनाल सहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?