Logo

विविध कार्यक्रम गरी लिटिल फ्लावरले मनाइयो ५९औँ राष्ट्रिय बाल दिवस

                     
Logo २९ भाद्र २०८०, शुक्रबार १८:४४    

‘कञ्चनरूप । बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ विभिन्न कार्यक्रम गरि लिटिल फ्लावर सेकेन्डरी स्कुलले ५९औँ राष्ट्रिय बाल दिवस  मनाइएको छ ।

५९औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर लिटिल फ्लावर सेकेन्डरी स्कुल कञ्चनरूप १२ले बालबालिकालाई हौसला प्रदान गर्ने उद्देश्यले नृत्य प्रतियोगिता लगायत अन्य कार्यक्रमका गरि मनाएको छ ।

बाल दिवसका अवसरमा स्कुलले नृत्य प्रतियोगिताको आयोजना गरि पहिलो दोश्रो , तेश्रो तथा सान्त्वना हुने वाल कालिकालाई सिल्ड तथा मेडल प्रदान गरेको छ । साथै खेलकुद तर्फ पनि प्रथम हुने विद्यार्थीलाई सिल्ड तथा मेडल प्रदान गरेको छ ।

कार्यक्रमका १२ नं। वडा सदस्य जैनुद्दीन मिया  मियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने स्कुलका प्रिन्सिपल शान्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अभिभावक तथा नृत्य प्रतियोगिता हेर्न आउनेहरूको सहभागिता रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?