Logo

पातोमा वाल दिवसको अवसरमा चित्रकला प्रतियोगितामा

                     
Logo २९ भाद्र २०८०, शुक्रबार २०:०५    

महेन्द्र सदा, 

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ५, श्रोत केन्द्र श्री कन्त चन्द्र मा वि पातोमा ५९ औं वाल दिवस २०८० विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।

उक्त कार्यक्रम the  Freedom Found  को सहयोग तथा डाक्नेश्वरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा सप्तरीको समन्वय एवं श्रीराज, सामुदायिक विकास केन्द्र सहरीको आयोजनामा सम्पन्न भएको थियो ।

उक्त वाल दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा पालिका अर्न्तगतको मुल ६ वटा विद्यालय श्री कन्त चन्द्र मा वि पातो, जनता मा.वि. तरही, जन्ता मा०वि० कविलासा, सरस्वती मावि औरही, श्री रा.प्रा. वि. हटेल, श्री रा० प्रा० वि० भूतही समेतको ५ कक्षा मुनि का ४/४ जना छात्र छात्रा प्रतियोगितामा सहभागी गराइएको थियो ।

उक्त प्रतियोगितामा श्री जनता मावि तरहीका कक्षा ( ५ मा अध्ययनरत छात्रा पूजा कुमारी साह प्रथम पुरस्कार प्राप्त गरेको छ भने राष्ट्रिय प्राथमिक विद्यालय भुतहीका संगीत कुमार राम, कक्षा(दोको स्थान प्राप्त गरेका छन्। त्यस्तै तेस्रो पुरस्कार प्राप्त गर्ने रा.प्रा.हटेलकी प्रियांस कुमारी सदा कक्षा ५ मा अध्ययनरत छिन् ।

उक्त चित्रकला प्रतियोगितामा सहभागी सबै बालबालिकाहरूलाई सान्त्वना पुरस्कार स्वरूप कामी र डट उपलब्ध गराएको थियो भने कार्यक्रमको अध्यक्षता श्रोत केन्द्रका प्र० अ० शरद कुमार देवले गरेका थिए भने संस्थाका कार्यक्रम संयोजक लालु रामले सहजीकरण गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?