Logo

सप्तरीको बेल्ही नाकाबाट ठूलो परिमाणको लागूऔषध बरामद

                     
Logo ३० भाद्र २०८०, शनिबार १९:२६    

कञ्चनरूप । सप्तरीको पश्चिमी बेल्ही नाकाबाट चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएका प्रहरी टोली र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवको काण्डमा संयुक्त रुपमा टोलीले जिल्लाको बलान बिहुल गा.पा.वडा १ मल्हनियाँ स्कुल टोल स्थित कुशहा बेल्ही सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको आस्थामा दुई वटा बोरामा रहेको चामलको बीचमा तीनवटा प्लास्टिकको झोलामा राखिएको अवस्थामा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

जिल्लाको बलान बिहुल गा.पा.वडा १ मल्हनियाँ बस्ने शिव नारायण रामको छोरा अन्दाजी वर्ष ३० को राजेन्द्र रामले चलाएको स.१ ह ३६८६ नम्बरको तीन पाङ्ग्रे अटो रिक्सालाई गोप्य सूचनाको आधारमा रोकी चेकजाँच गर्दा उक्त अटो रिक्सामा लोड गरेको अवस्थामा रहेको प्लाष्टिकको २ वटा बोरामा रहेको चामलभित्र कालो प्लास्टिकको झोलामा प्याक गरि राखेको अवस्थामा ३ हजार पाँच सय २५ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको हो । बरामद भएको लागूऔषधमा डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुलवुप्रेन १ हजार सय ७५ एम्पुल रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?