राजविराज । नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम सप्तरीमा पनि चलिरहेको छ ।


माओवादी केन्द्र पूर्व प्रदेश सदस्य छेदी रजक (विमल)ले सप्तरीमा पनि वडाबाट सुरु गरिएको सो अभियान वडाहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । उहाँले सो अभियान अन्तर्गत अहिले सहिद र बेपत्ता परिवारका घरघरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य भइरहेको बताउँदै सहिद र बेपत्ता परिवारसँग भेटघाट भइरहेको बताउनुभयो ।
रजकका अनुसार जिल्लाका शनिवार सप्तकोशी नगरपालिकाको फत्तेपुरमा रहेका उर्मिला भुजेल (सहिद ।राजकुमार भुजेल ),। यशोधा भट्टराई (सहिद परशुराम भट्टराई ), दुर्गा बिष्ट (सहिद ,टङ्क बिष्ट ), ललित घिमिरे (सहिद भोजराज घिमिरे ), उर्मिला तिमिल्सिना (बेपत्ता योद्धा द्वारिका तिमिल्सिना ) सहिद परिवार र बेपत्ताका परिवारको साथै जनयुद्ध कालिन नेता, कार्यकर्ताहरू पुष्प बस्नेत ,भरत पौडेल , ईश्वरी पौडेल ,गुणराज कोइराला , ध्रुव चौधरी र पूर्व जनमुक्ति सेना ।कुलचन्द्र ढुङ्गानाको सुखदुःख सुन्ने लगायत समस्या बारे जानकारी लिने कार्य अहिले भइरहेको बताउनु भयो । माओवादी केन्द्र सप्तरीका पूर्व प्रदेश सदस्य रजकले विभिन्न कारणले विगतमा सहिद र बेपत्ता परिवारसँग नियमित जोड्न नसकिएकोमा अहिले उहाँहरूको घरघरमा पुग्दा उहाँहरूले स्वागत गरेर दुखसुख बाँडिरहेको बताउनुभयो ।

यसअघि अभियान सफल पार्नका लागि जिल्लाको विस्तारित बैठक, पालिकाका बैठकहरू तथा विभिन्न जनवर्गीय सङ्गठनका बैठक र भेलाहरू तथा प्रशिक्षण दिने कार्य भइरहेको माओवादी केन्द्र सप्तरीले जनाएको छ । अभियानको नेतृत्व गर्नका लागि माओवादी केन्द्रले सप्तरीमा केन्द्रीय सदस्य महेन्द्र पासवान, रामकुमार शर्मा, दिलिप साह, बौध माया यादव, प्रदेश सदस्य छेदी रजक लगायतलाई खटाएको छ ।












