Logo

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पालिकाको तर्फबाट पुरस्कृत गरिने 

                     
Logo ८ मंसिर २०८०, शुक्रबार २१:०९    

प्रकाश कुमार मण्डल 

राजविराज ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डले यस वर्षको शैक्षिक स्तरको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पालिकाको तर्फबाट उत्कृष्ट गर्ने बताएका छन ।

गाउँपालिका वडा न. ७ स्थित लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालयमा शुक्रबार गाउँपालिकाबाट अनुगमन गर्ने अध्यक्ष मण्डलले बताए ।

गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अगुवाइमा गरिएको अनुगमन शिक्षक , कर्मचारी , प्रधानाध्यापकलाई विद्यालयमा गुणस्तर शिक्षाको निर्माण प्रति जनचेतना मूलक कार्यक्रम सञ्चालन गरि विद्यार्थीलाई बाल मैत्री तरिकाले र बदलिदो युगको मागअनुसार प्रविधि युक्त शिक्षा प्रदान गर्ने बताउँदै  व्यक्तिगत र पालिकाको तर्फबाट साथ र सहयोग सदैव रहने कुरा पालिका अध्यक्ष मण्डलले बताए ।

त्यसैगरी विद्यालयलाई जिल्लाको नमुना विद्यालय बनाउन विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक ,शिक्षिका  तथा कर्मचारीहरू समेतले । नियमित समयको पालना गरि, आफू र विद्यार्थीहरूलाई पनि अनुशासित बनाइ निरन्तर रुपमा पठन– पाठन सञ्चालन गरि राम्रो नतिजा ल्याउनुपर्छ र विद्यालयको भौतिक र शैक्षिक संरचना सुधारगरि । आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या बढाउने प्रयास गर्नु पर्छ भनी सुझाव दिएका थिए ।  


लोकप्रिय छुटाउनुभयो कि ?