Logo

बलात्कार गर्ने प्रयासको आरोपमा मेयर पदका प्रत्यासी उम्मेदवार पक्राउ 

                     
Logo ८ मंसिर २०८०, शुक्रबार २१:३४    

कञ्चनरूप ।

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर पदका प्रत्यासी एक नेता बलात्कार प्रयासको आरोपमा शुक्रबार पक्राउ परेका छन् ।

गत स्थानीय तहको चुनावमा मेयरका उम्मेदवार रहेका दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

३५ वर्षकी महिलाले आफूलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी उद्योग मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई घटना बारे थप अनुसन्धान शुरु गरिएको छ ।

उनलाई पक्राउ गरि ५ दिनको म्याद थप गरि अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

आरोपी चौधरी २०७८ बैशाख ३० गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट मेयरको उम्मेदवार भै ४१४३ मत प्राप्त गर्दै निकटतम् प्रतिद्वन्दी भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?