बारा । जितपुर सिमरा उपमहानगरपालिका –४ औराहामा पाँच वर्षीया नाबालिकालाई घरमा बन्धक बनाएर जबर्जस्ती करणी भएको छ ।


स्थानीय ३९ वर्षीय अमित पोखरेलले पाँच वर्षीया नाबालिकालाई कोठामा ढोका थुनेर राखेको अवस्थामा स्थानीयले उद्वार गरिएको थियो ।
भान्जी भन्दै घरमा आउजाउ गर्दै आएका अमितले बालिकालाई छोरीको कपडा लगाएर लैजान्छु भनेर दिउँसो एक बजेतिर लगेका थिए । सन्चो नभएकोले नाबालिका स्कुल गएकी थिइन् ।

आत्मियता देखाएपछि छोरी पठाए पनि घर नल्याएपछि आमा आत्तिइन् । छोरीलाई लगेको एक घण्टा भइसकेको थियो । उनी खोजी गर्न निस्केकी थिइन् । खोज्दै जाँदा ढोका लगाएको र चप्पल समेत बाहिर नदेखेपछि फर्केकी थिइनन् ।
छिमेकी सहित पुनः घरमा गएर बोलाउँदा समेत नबोलेको र ढोका नखोलेपछि छिमेकीले ढोकामा पटकपटक लात्ताले हानेपछि बाहिर निस्केका थिए ।
कोठा भाँडामा लिएर बसेका अमितले ढोकामा भित्रबाट चुकुल लगाएर बालिकालाई कोठामा राखेका थिए ।
बालिकाले खोलिन् रहस्य
घरमा पुगेपछि नाबालिकाले पिसाब गर्दा पोलेको भनेपछि करणीको घटना बाहिर आएको हो । उनले यौनाङ्गमा औैंला चलाउने, चुम्मा गर्ने र घटनाबारे अरुलाई जानकारी नगराउन भनेकी थिइन् ।
उनको आमाले बालिकामाथि भएको घटनाबारे छरछिमेकमा भनेपछि अमितलाई घरभित्रै थुनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अमितलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखेको छ ।
पीडितले अमित विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले पीडित नाबालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको छ ।
महेश्वर अधिकारी ( फरक नेपाल डट कम बाट )












