Logo

हरे राम हरे कृष्णको जाप धुनले राजविराज गुञ्जायमान 

                     
Logo ३० मंसिर २०८०, शनिबार १९:०९    

राजविराज ।

सप्तरीको सदरमुकाम राजविराजमा शनिवार निकालिएको जगन्नाथ रथ यात्राको क्रममा बजाइएको  हरेराम हरे कृष्ण जाप धनले  राजविराज गुञ्जायमान भएको थियो ।

चार दिवसीय जगन्नाथ रथ यात्रामा महामहोत्सवको अन्तिम दिन निकालिएको रथयात्रामा सहभागी हजारौँ भक्तजनले नाचगान गर्दै लगाएको हरेराम, हरे कृष्णको नाराले नगरलाई गुञ्जायमान बनाएको हो ।

कृष्ण मन्दिरबाट निकालिएको रथयात्रा जनआन्दोलन चोक पुगी राममन्दिर हुँदै गजेन्द्र चोक, गजेन्द्र चोकदेखि भगवती मन्दिर हुँदै अदालत रोड, रुपनी बस स्टेन्ड सहित कञ्चनपुर रोड हुँदै राजदेवी चोक, तेतरी गाछी सम्म पुगेको थियो ।

झण्डै १५ हजार भन्दा बढी भक्तजनको सहभागितामा जगन्नाथ रथयात्रा महामहोत्सव आयोजक समिति सप्तरीको अगुवाइमा स्थानीय लक्ष्मी नारायण राधा कृष्ण मन्दिर प्राङ्गणबाट निस्केको रथयात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

रथयात्रामा आपसी सदभाव को उदाहरण प्रस्तुत गर्दै फरक धर्म मुस्लिम समुदायकी राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीन पनि सहभागी भइन ।

हिन्दु धर्मावलम्बीहरूले रथयात्राको आयोजना गरेपनि आफ्नो सबै धर्म प्रति उत्तिकै सम्मान र सदभाव रहेकोले उक्त धार्मिक यात्रामा सहभागी भएको र यसले हिन्दुस्तानबीचको सम्बन्ध अझै प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरिन । 


लोकप्रिय छुटाउनुभयो कि ?