Logo

चोरी डाँका मुद्दा निराधार रहेकोले प्रमाणित गरेर देखाउन रुपनी गाउँपालिका अध्यक्षको चुनौती

                     
Logo ३० मंसिर २०८०, शनिबार २०:१२    

कञ्चनरूप । सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवले आफू माथि लगाइएको चोरी डाँका मुद्दा निराधार रहेको बताइएका छन ।

पालिकाको सभाहलमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले गुनासो पोख्दै आफू विरुद्ध विपक्षीले फैलाउने गरेको अफवाह प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

उनले भने केही व्यक्तिहरूले चरित्र हत्या गर्न राजनीतिक रिसवी कारण झूटो प्रचारबाजी गरी आफूलाई असफल बनाउन विपक्षीले अफवाह फैलाएको अध्यक्ष यादवको भनाई छ ।

उनले केही दिन अघि स्थानीय एक विपक्षीले आफू माथि मोबाइल र नगद लुटपाट गरेको झुटो आरोप सहित प्रहरीमा उजुरी दिने प्रयास गरेको र सो विषयलाई समाजिक सञ्जाल मार्फत समेत बढाई चढाई प्रचारबाजी गरी आफ्नो चरित्र हत्य को प्रयास गरेको दाबीका साथ आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।

अध्यक्ष यादवले भने पालिकालाई चुस्तदुरुस्त र सुशासन कायम गर्न कडाइका साथ लागेकोले बताए । आफू लाई बदनाम गर्ने नियतले झुटो प्रचारबाजी उत्रेका उपर छानबिन र कार्यवाही हुनु पर्ने माग समेत गरेका छन ।

कहिले कार्यालयको गाडी दुर्घटनामा पर्दा त कहिले स्थानीय व्यक्तिहरूबाटै दुर्व्यवहार हुँदा ती विपक्षीले झुटो प्रचारबाजी सँगै सोझै आफू माथि भ्रामक प्रचारबाजीमा लाग्ने गरेको उनको भनाई छ ।

गाउँपालिकाको विकासका लागी जोस जाँगरका साथ जुटेका वेला समय समयमा फैलाइने यस्ता अफवाहले आफूलाई निराश तुल्याउने गरेपनि विचलित भने नभएको र जनताको साथ सहयोगबाट अघि बढिरहेको उनको भनाई छ । उनले यसरी अफवाह फैलाउने व्यक्ति आफूले पद सम्हाले देखि नै विभिन्न विषयमा झुटो आरोप लगाउने गरेको बताए ।

उनले आफूलाई असफल बनाउन र गाउँपालिकालाई कालो सुचीमा पार्न विपक्षी लागी परेको जनाउदै त्यस्तालाई गाउँपालिकाको हितमा नमुना काम गरेर परास्त पारेरै छाड्ने दृढता व्यक्त गरे ।

आफूलाई बदनाम गर्ने नियतले झुटा प्रचारबाजीमा उत्रिएकाहरू उपर छानविन र कारवाही हुनु पर्ने उनले माग समेत गरेका छन् ।

फरका प्रसंगमा अध्यक्ष यादवले केही व्यक्तिका कारण गाउँपालिका कालोसूचीमा पर्ने सम्भावना बढेको उल्लेख गरे  ।उनले जुनसुकै विकाशीय योजनाका काम शुरु गर्दा गर्न नदिने नियतिले केही व्यक्तिको अख्तियारमा उजुर हाल्ने प्रवृत्तिले सिंगो पालिकानै संघ र प्रदेश सरकारको कालोसूचीमा पर्ने सम्भावना बढेर गएको बताए ।

अध्यक्ष यादवले भने, “सबै कामको उजुरी अख्तियारमा जान्छ, उजुरीपछि छानबिनमा जान्छ र त्यसले विकासिय काम अवरुद्ध  हुन्छ । यस्तै भइराखे एक दिन संघ र प्रदेश सरकारको कालोसूचीमा पर्छ ।”

केही दिन अधि उच्च अदालत जनकपुर, राजविराजका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले गाउँपालिका अध्यक्ष यादव, निवर्तमान वडाध्यक्ष पीताम्बर यादव, वडा २ का सरोज यादव र वडा नं. १ का राम यादवमाथि चोरी डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको थियो ।

रुपनी गाउँपालिका १ का राजु भनिने किरण कुमार जयसवाल पालिकामा भएको विकृति र नियमिताको बारेमा समाजिक सञ्जाल लगायत सडकमा खबरदारी गर्दै आएका छन ।

उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका सप्तरी अध्यक्ष श्रवण देव, केन्द्रीय सदस्य ललिता साह, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, पूर्व केन्द्रिय सदस्य अबधेश झा, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्ण , समाजवादी प्रेस सङ्गठनका सप्तरी अध्यक्ष अनिल पोखरेल लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरू, रुपनी गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव लगायत उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?