Logo

अहिले व्यवस्था परिवर्तन हुन्छ भन्नु कल्पना मात्र हो : मन्त्री धनराज गुरुङ

                     
Logo ३० मंसिर २०८०, शनिबार २१:५६    

कञ्चनरूप । नेपाली कांग्रेसका उपसभापति एवम् संघीय कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले

केही ब्यक्तिले गराउँदैमा गणतन्त्रको औचित्यः समाप्त हुने र राजतन्त्र फर्किन्छ भन्ने  परिकल्पना मात्र रहेको बताएका छन ।

नेपाली काँग्रेस सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री गुरुङले  यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले राजतन्त्र आउने र अहिले व्यवस्था परिवर्तन हुने भनेको कल्पना भन्दा बाहिरको कुरो बताउँदै व्यवस्थामा कमी कमजोरी र  गलत नमिलेका तथ्यहरू सच्याउँदै  जानु पर्छ । नेताहरूले गरेको कमी कमजोरीको नाममा व्यवस्था खराब भन्नु पनि गलत उल्लेख गरे ।

मन्त्री गुरुङले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि विधेयक ल्याएको जानकारी दिदै विधेयक समितिमा छलफलको क्रममा रहेकाले छिटै प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राष्ट्रिय गौरवको योजना भएको बताउँदै उनले प्रतिष्ठान निर्माण कार्यमा सरकार गम्भीर भएकोले आन्दोलन गरिराख्नुको औचित्यःः नरहेको टिप्पणी समेत गरे ।

यसै गरी मन्त्री गुरुङले जिल्ला कै कञ्चनरूपमा पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गठबन्धन स्वीकार गरेर स्थानीय ,प्रदेश र केन्द्रको चुनाब लड्दा मधेसमा काँग्रेस कमजोर भएको बताए ।

चुनावको बेला गुट उपगुट छोडेर अगाडि बढेमा कांग्रेसले सफलता हात पर्ने मन्त्री गुरुङले दावी गरे ।

कांग्रेसले अरुको चश्माबाट हेरेको कारण मधेसमा कम प्रतिनिधि सहभागी गरिएको बताए । 


लोकप्रिय छुटाउनुभयो कि ?