कञ्चनरूप । अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँरहदा कञ्चनरूपमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।


अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सप्तरीको कञ्चनरूप १२ स्थित रूपनगर चौकमा आज अर्थात डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस दीप प्रज्वलन मनाईको हो ।
नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन् ।

यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइएको हो । यता राजविराज नगरपालिका कार्यालय परिसरमा सो दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष आजै दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ ।













