Logo

तिलाठी कोइलाडी स्थित सडेपारमा आगलागी

                     
Logo २ पुष २०८०, सोमबार २१:३१    

प्रकाश मण्डल तिलाठी । सप्तरीको तिलाठी कोइलाडी स्थित सडेपारमा आगलागी भएको छ ।

स्थानीय गाउँपालिका बडा न ७ सडेपारमा सोमबार साँझ सात बजे तिर डम्बर रामको विधुत सट भई आगलागी हुँदा चौपाया एक थान , खसी एक जोडी, बाख्रा, बाख्राका पाठा  र अन्नपात , लत्ताकपडा समेत जलेर नष्ट भएको छ । आगो नियन्त्रण हनुमाननगर कङ्काली नगरपालिकाका वारुणयन्त्र, को वरसाइनका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा  लिएको छ । अन्य पथ क्षतिको विवरण भने यकिन भएको छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?