Logo

सप्तरीमा अनुमति नलिई ड्रोन उडाईदै  प्रशासन बेखबर 

                     
Logo ३ पुष २०८०, मंगलवार ०९:०२    

सप्तरी । अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग सप्तरीमा व्यापकरूपमा प्रयोग हुँदा समेत समेत स्थानीय निकाय , प्रहरी, प्रशासन बेखबर रहेका छन ।

सप्तरीका विभिन्न स्थान पुरातात्त्विक, धार्मिक, ऐतिहासिक सम्पदा तथा वन क्षेत्रमा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग अत्यधिक मात्रामा हुन थालेको पाइएको हो ।

सप्तरीका बिभिन्न स्थानमा ड्रोन बाट खिचिएका तस्वीरहरू तथा भिडियोहरू समाजिक सञ्जालमा व्याप्त भेटिएका छन । धार्मिक तथा पर्यटकीय स्थल , एवम् बन क्षेत्रमा जथाभावी ड्रोन उडाउने र सामाजिक सञ्जालमा पोष्ट गरि भाइरल हुईने भन्दै अनुमति विना ड्रोन उडाइन थालिएको छ ।

पछिल्लो समय सप्तरीको धारापानी पर्यटकीय क्षेत्र लोहाजारा दह, तथा विभिन्न ऐतिहासिक स्थल तथा मव बस्तीमा ड्रोन उड्दै छ । स्थानीय प्रशासन तथा निकायले पुरातात्त्विक, धार्मिक, ऐतिहासिक वा नियन्त्रित भनी वर्गीकरण गरेको क्षेत्रमा पनि ड्रोन उडाउन नपाइने नियम रहेको भए ता पनि ड्रोन उडाउन अनुमति भने लिइएको छैन ।

डिभिजन वन कार्यालय सप्तरीका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहका अनुसार वन क्षेत्रमा सरकारी निकायले समेत ड्रोन उडाउन वनसँग अनुमति लिनु पर्ने हुन्छ । कञ्चनरूपको धारापानी सामुदायिक बन , राष्ट्रिय वन क्षेत्रमा ड्रोन उडाउने अनुमति कसैले नलिइएको बताए । यथा कञ्चनरूप इलाका प्रहरी कार्यालयका डीएसपी दीपक कुमार रायका अनुसार ड्रोन उडाउन भनेर कैले पनि जानकारी कार्यलयमा नगराएको बताए ।

पुरातात्त्विक, धार्मिक, ऐतिहासिक सम्पदा तथा वन क्षेत्र सिमसार क्षेत्रमा उडाई खिचिने तस्वीर तथा भिडियोले चोरी तस्करी गर्नेलाई प्रश्रय पुग्ने देखिएको जानकारहरू बताउँछन ।

मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने सम्बन्धी कार्यविधि २०७५ सालमा जारी गरिसकेको छ । कार्यविधिमा भनिएको छ । सरकारी निकाय, कूटनीतिक नियोग, प्रतिष्ठान रहेको इलाका, अस्पताल, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वको इलाका, हवाई मार्ग तथा हवाई उड्डययन सञ्चालन क्षेत्र, सैनिक तथा सुरक्षा निकाय रहेको क्षेत्रमा ड्रोन उडान नपाइने उल्लेख छ । यसैगरी बस्ती, समुदाय, संरक्षित तथा आरक्षित क्षेत्रलाई मध्यम र मानव बस्तीरहित, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुल्ला क्षेत्रलाई सामान्य क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । नेपालको कानून अनुसार ड्रोन उडान गर्न जोकसैले भने पाउँदैन । यसका लागि १८ वर्ष उमेर पुरा गरेको र रेडियो फ्रिक्वेन्सी सम्बन्धी आधारभूत ज्ञान तथा तालिम प्राप्त गरेको हुनुपर्दछ ।

साथै उडान उपकरण सम्बन्धी आधारभूत ज्ञान समेत हुन आवश्यक छ । व्यवसायिक रुपमा ड्रोन उडान गर्न चाहने व्यक्तिको योग्यता पुगेको वा नपुगेको विषयमा नागरिक उड्डययन प्राधिकरणले मूल्याङ्कन र परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

यद्यपि यस्तो क्षेत्रमा उडान गर्नु अघि नजिकैको प्रहरी वा सुरक्षा इकाईलाई अनिवार्य रुपमा जानकारी भने गराउनुपर्ने हुन्छ । साथै व्यक्तिगत गोपनीयतामा आँच पुग्नेगरि उडान गर्न चाहिँ पाइँदैन ।

सरकारी नियम विपरित ड्रोन उडाएको खण्डमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनसक्छ । अनुमति नलिई ड्रोन उडान गरेको खण्डमा अनधिकृत ड्रोन जफत गरिने व्यवस्था ड्रोन सम्बन्धी कार्यविधिमा उल्लेख छ  । यो समाचार आजको मधेश दृष्‍टिमा प्रकाशसित छ । 


लोकप्रिय छुटाउनुभयो कि ?