

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका भित्र रहेका विद्यालयहरू मधेश प्रदेशका आठ जिल्लाका विद्यालयहरू भन्दा तुलनमा विद्यालय खानेपानी, सरसफाइ ,तथा स्वच्छतामा राम्रो रहेको एक कार्यक्रममा वक्ताले बताएका छन ।
कञ्चनरूप नगरपालिकाको आयोजना र युनिसेफ नेपालको सहयोगमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सम्मेलनमा युनिसेफले तयार पारको उक्त तथ्याङ्कमा मधेश प्रदेश सबै पालिकाहरू रहेका विद्यालयहरू ६२ प्रतिशत र कञ्चनरूप नगरपालिकामा ९१ प्रतिशत रहेको बताइएको छ ।

पालिकाको ११ नम्बर वडाको एलिफेन्ट रिसोर्ट बेङ्ग्रीमा आयोजित विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सम्मेलनमा ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
जारी ७ बुँदे घोषणा पत्रमा विद्यालय क्षेत्रको ५० मिटरको दायरामा मादक पदार्थ, प्लाष्टिकजन्य, सुर्तीजन्य पदार्थ तथा जंगफुड्सलाई निषेधित गर्ने ,पालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन पालिकाले चालु आर्थिक वर्षभित्र तयार गरि कार्यान्वयन गर्ने ,पालिकामा रहेका सबै विद्यालयहरूमा कम्तीमा आधारभुत तहको खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा आ.व.२०८२÷०८३ सम्ममा सुनिश्चित गर्ने । त्यसैगरी पालिकामा भएको खानेपानी ,सरसफाइ तथा स्वच्छता योजनालाई पालिकाको वार्षिक रुपमा अद्यावधिक गर्ने उल्लेख गरिएको घोषणा पत्रलाई प्राथमिकीकरण गरि पालिकाको वार्षिक कार्य योजना र बजेटमा उल्लेख गरि भएका सबै प्रगतिलाई एनवास एप्लिकेशनमा अद्यावधिक गर्ने घोषणापत्र तयार गरिएको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको अध्यक्षता आयोजित कार्यक्रममा युनिसेफ काठमाडौँका सिद्धि श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सरसफाइ सम्मेलनमा पालिका भित्रका ३३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक ,बालक्लबका छात्र छात्रा, वडा अध्यक्षहरू , कञ्चनरूपमा रहेका विभिन्न बैंकका प्रतिनिधिहरू र गैरसरकरी संस्था प्रतिनिधिहरू एवम् पत्रकाहरूको साथै युनिसेफ जनकपुर प्रमुख अनिता दाहालको सहभागिता रहेको थियो कार्यक्रमको सहजीकरण युनिसेफका दीपक श्रेष्ठ र बोध नारायण श्रेष्ठले गरेका थिए ।












