कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ५ रहेको पिप्रा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड पिप्रापूर्वका उत्कृष्ट बचत कर्ता सहित विभिन्न महिलाहरू सम्मानित भएका छन् ।


संस्थाका ९ औं वार्षिक साधारणसभाको अवसानमा शनिबार कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले उनीहरूलाई सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरूमा संस्थामा नियमित बचत गर्ने रुन्ती देवी साह, पवित्रा कुमारी चौधरी र अनिता देवी खगं रहेका छन भने असल शेयर सदस्य सरिता कुमारी चौधरी र अर्की सरिता चौधरी रहेका छन ।

त्यस्तै अन्य उत्कृष्ट ऋणी समुहमा चन्द्रकला चौधरी, नैनादेवी चौधरी, शोभादेवी चौधरी गीता सत्याल सम्मानित भएका छन । कार्यक्रमका प्रमुख अतिथि कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले सम्मानपत्र, दोसल्ला ओढाएर सम्पूर्ण सम्मानित व्यक्तिहरूलाई सम्मान गरेका थिए । त्यस्तै बचत कर्ता वृद्ध आमाका रुपमा दिना देवी साह र निर्मला देवी साहलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बालबालकाले नृत्य समेत प्रस्तुत गरेका थिए ।
संस्थाले २०७९/ ०८० मा ८ लाख ६० हजार ३ सय ९० रुपैयाँ ४२ पैसा नाफा गर्न सफल भएको छ भने संस्थाको कुल पुँजी ६ करोड ७० लाख २ हजार ३ सय ४९ रुपैयाँ ४७ पैसा रहेको छ ।
संस्थाकी अध्यक्ष रिंकु सिहको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कैलास कुमार साह, वडा नं. ७ का वडा अध्यक्ष समान्नद चौधरी , कञ्चनरूप कृषि विकास उपशाखा प्रमुख वेचन सोढक यादव , कोशी पीडित समाजका सहजकर्ता शुकदेव चौधरी ,साना किसान लघु वित्तिय लाहानका योगराज दाहाल , , विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, संस्थाका शेयर सदस्यहरूको उपस्थित रहेको थियो ।












