कञ्चनरूप । साइबर अपराध सम्बन्धी घटनाहरूलाई न्यूनीकरण गर्नका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले रूपनगर नन्दराज संग्रौला क्याम्पस रूपनगरमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा सप्तरीका उच्च अधिकारीहरूद्वारा रूपनगर क्याम्पस अवलोकन विहीबार बिहान सम्पन्न भएको छ ।


सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा , एसपी गजुसिद्वी बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार रायको टोलीले साइबर अपराध घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाइदा तथा बेफाइदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा स्थानीय समाज सेवी रूपनगर नन्दराज संग्रौला क्याम्पस प्राध्यापक, विद्यार्थीहरू सहभागिता रहेको थियो ।

साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सहजीकरण गर्दै डीएसपी दीपक कुमार रायले साइबर क्राइमको बारेमा परिचय, साइबर अपराधका प्रकार, साइबर अपराधबाट बच्ने उपाय, साइबर अपराध सम्बन्धी कानूनी व्यवस्था तथा साइबर अपराध भएमा उजुरी गर्ने तरिका लगायतका विषयमा सचेतनात्मक कक्षा सञ्चालन गरेका थिए ।
यसै गरी सोही कार्यक्रममा युएन उमनका परामर्शदाता शिव कुमार रायले शेयर कारोबारले आम्दानी गर्न सकिने बताएका थिए । प्रमुख जिल्ला अधिकारी किरण थापाले भूमण्डलीकरण र प्रविधिको विकाससँगै हाम्रो सामाजिक परिवेश जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै हरेक पक्षमा हामी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
एसपी बज्राचार्यले युवाहरूले अब राष्ट्र र समाजलाई सही दिशातर्फ डो¥याउन आग्रह गरे गर्दै उनले भने युवाहरू लागू पदार्थ जस्ता कूतमा नलागेर असल नागरिक बन्न अध्ययनमा मिहिनेत गर्नुपर्ने विद्यार्थीहरूलाई हौसला लिएका थिए ।
क्याम्पस प्रमुख दीपक कुमार गजुरेल क्याम्पस सञ्चालक समितिका सदस्यहरू , क्याम्पसका प्राचार्यहरू पत्रकार लगायतको उपस्थिति रहेको थियो ।












