Logo

सिरहामा पराल बालेर जलाउन खोजिएको अधकल्चो शव भेटियो 

                     
Logo १३ पुष २०८०, शुक्रबार १८:३६    

लाहान । सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा जलाएर अधकल्चो अवस्था छाडिएको एक पुरुषको शव फेला परेको छ ।

हत्या गरेर जलाएको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय पुरुषको परालले अधकल्चो पूर्णरुपमा जलेको शव फेला परेको हो ।

सिरहाका प्रहरीका अनुसार शुक्रबार बिहान ११ बजे स्थानीयबासीले शवका विषयमा प्रहरीलाई खवर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर हेर्दा पराल र झारपातको प्रयोग गरी शव जलाउन खोजिएको र अधकल्चो भएको देखिएको एसपी लिम्बुले बताए ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारमा जलाउन खोजिएको प्रहरीको अनुमान गरेको छ । शवको भेटेको छेउ छाउमा रगतका टाटाहरू देखिएको छ भने शव पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ । घटना शंकास्पद रहेको प्रहरीको अनुमान छ ।’  


लोकप्रिय छुटाउनुभयो कि ?