Logo

रासायनिक मलखादको मुनाफा बढाए पछि मल बिक्री नगर्ने  बिक्रेताको निर्णय

                     
Logo १५ पुष २०८०, आईतवार २०:२०    

विरेन्द्र साह ,राजविराज । सप्तरीका रासायनिक मलखाद बिक्रेताले रासायनिक मल बिक्री नगर्ने भएका छन ।

सरकारले उपलब्ध गराउँदै आएको रासायनिक मलखादमा ढुवानी, लोडअनलोड र मुनाफामा एक एक रुपैयाँ बढाएपछि सप्तरीका रासायनिक मलखाद बिक्रेताले मलखाद उठाउने देखि बिक्री बितरण बन्द गर्ने निर्णय गरेका हुन । आइतबार सप्तरीका रासायनिक मलखाद बिक्रेता डिलहरूको बैठकले यस्तो निर्णय गरेको रुपनी कृषि सहकारीका अध्यक्ष तेज नारायण यादवले जानकारी दिए । उनका अनुसार हामले स्थानीय सरकारको दर रेटमा मलखाद बेच्दै  आएकोमा गत मंसिर  १९ गते जिल्ला मलखाद आपूर्ति समितिले खरिद रकममा  प्रति बोर १ सय रुपैयाँ मात्र लिनेगरि मूल्य कार्य गरेपछि हामीले यस्तो निर्णयमा पुगेको उहाँले बताए । हामीले रासायनिक मलखाद बिक्रेता बिच भएको निर्णय मङ्गलवार सप्तरीका प्रमुख जिल्ला अधिकारी सहित कृषि ज्ञान केन्द्र, जिल्ला समन्वय समिति ,साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि सामग्री कम्पनी लिमिटेडले संहितलाई जानकारी दिने सो पछि पनि कार्यान्वयन नभए मलखादको बिल नकटाउने निर्णय गरेको यादवले जानकारी दिए । हामीले मलखादको जिल्लामा अभाव हुन नदिन सबैले पहल गर्नुको सट्टा खरिद मूल्यमा मात्र बिचार गरि   ढुवानीमा वैज्ञानिक पद्धति नअपनाउदा हामले बाध्य भएर मलको बिक्री रोकेको हौ । हाल जिल्लामा मलखादका आधिकारिक बिक्रेता १ सय ६८ वटा रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?