कञ्चनरूप । सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डपतर्फ जाँदैगर्दा अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको जनमत पार्टीका नेताकार्यकर्ताले विरोध सप्तरीमा कार्यकर्ताहरू विरोधमा उत्रेका छन ।


सप्तरीको कञ्चनरूप वेरियर चोकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग गरेका छन । आन्दोलनका क्रममा जनमतका कार्यकर्ताहरूले प्रदेश २—०२— ००१ झ ०१०२ नम्बरको सरकारी गाडीमा तोडफोड समेत गरेको छ त्यस्तै राजविराजको जनआन्दोलन चौकमा पनि कार्यकर्ताले टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन । कार्यकर्ताले अध्यक्ष राउतलाई रिहा नगरे सम्म राजमार्ग अवरोध रहिरहने उल्लेख गरे ।
जनमतका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर १ का इन्चार्ज शिव नन्दन महतो नेतृत्वमा आन्दोलन भइरहेको छ । जनमतका कार्यकर्ताहरुले धोती दिवस जिन्दावाज, पक्राउ गरिएका नेता, कार्यकर्ताहरूलाई रिहा गर्न नारा जुलुस गर्दै चक्काजाम गरेका छन् । आन्दोलनमा जनमतका नगर अध्यक्ष अनिल पंजियार, यूवा जनमत संघका नगर अध्यक्ष हफाक हक-कालु),उपाध्यक्ष मनोज साह, सम्झना राणा, हृदय माझी, कञ्चनरूप नापका पर्यवेक्षक नरेश कुमार ईशर, जगदीश साह लगायतको सहभागिता रहेका छन् ।

यता सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तरगत कसहा चोकमा टायर बालेर राजमार्ग अवरोध गरको छन भने औरहीस्थित हुलाकी राजमार्गमा पनि प्रदर्शन गरिएको छ ।
निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
आफ्नो पहिचान झल्काउन कार्यक्रम गर्दा राज्यले हस्तक्षेप गरेपछि आन्दोलन गर्नुपरेको जनमतका नेता जनाएका छन ।













