कञ्चनरूप । सप्तरी प्रहरीले ट्रिपरमा बालुवाले छोपी अन्यत्र लैजाँदै १० क्विन्टल बढी गाँजा सहित ट्रिपर चालक लाई पक्राउ गरेको छ ।


ट्रिपरमा लोड गरिएको बालुवा भित्र राखेर लैजाने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकमा गए राति उक्त गाँजा बरामद गरेको हो ।
प्रहरीलाई प्राप्त सुराकीको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ५८३१ नम्बरको ट्रिपरमा चेकजाँच गर्दा १० क्विन्टल बढी गाँजा ‘२८ वटा बोरामा प्याक गरिएको अवस्थामा बरामद भएको शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

उक्त गाँजा १ हजार ६ किलो परिमाणको रहेको छ’, पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिदै भने, ‘उक्त गाँजा बलान नदी हुँदै भारततर्फ लग्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।’
उपरीक्षक बज्राचार्यले अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रति किलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारी धनी समेत रहेका ट्रिपर चालक धनकुटाको सहिद भुमी गाउँपालिका–४ का ३२ वर्षीय विशेष राई रहको प्रहरीले जनाएको छ ।












