Logo

सप्तरीमा यौन धन्दामा संलग्न भएको आरोपमा ७ जना पक्राउ 

                     
Logo २१ पुष २०८०, शनिबार २०:१७    

कञ्चनरूप । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित एक होटेलबाट यौन धन्दामा संलग्न भएको आरोपमा २ महिलासहित ७ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।  पातो स्थित कुनाल कोल्ड स्टोर एण्ड होटेलबाट शुक्रबार राती उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यौन व्यवसाय गरेको सूचनाको आधारमा २ महिलासहित ५ जना पुरूषलाई पक्राउ गरिएको सप्तरीका प्रहरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले बताए । पक्राउ परेकामध्ये २ पुरुष भारतीय नागरिक रहेको उनले जानकारी दिए ।

उक्त घटनामा संलग्न फरार भएका होटेल सञ्चालकको खोजी कार्य गरिरहेको तथा यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले  जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?