कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका रूपनगर स्थित शंकर माध्यमिक विद्यालयले स्थापनाको ७२ वार्षिक उत्सव मनाइएको छ ।


जहानिया राणा शासनको अन्त्य पछि २००८ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै ७२ वार्षिक उत्सव मनाइएको हो ।७२ वार्षिक उत्सवका अवसरमा गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र आशिष साह, र छात्रा नुसरत खातुनलाई स्वर्गीय स्टेसन कल्याण कोष कास्की पोखराको तर्फबाट नगद ५ हजार नगद राशीसहित प्रशंसा पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
यसैगरी गतवर्षमा १२ कक्षमा उत्कृष्ट अङ्क ल्याउ सफल शिक्षा तर्फकी आरती साह र वाणिज्य संकाय तर्फकी देविका भुजेललाई स्वर्गीय मान बहादुर रत्नमाया उत्कृष्ट छात्रवृत्ति पुरस्कारबाट पुरस्कृत गर्दै जनही नगद २५ सय र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी विद्यालयका अवकाश प्राप्त तथा सरुवा भएर गएका शिक्षक, शिक्षकहरूलाई समेतलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक गङ्गा प्रसाद साहको अध्यक्षता तथा कञ्चनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा ७२ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको थियो भने कञ्चनपुरका पूर्व नगर प्रमुख बसन्त मिश्र वडा नम्बर ९ का अध्यक्ष रामसुन्दर यादव, १२ का अध्यक्ष देवी बहादुर खत्री, समाजसेवी जित बहादुर श्रेष्ठ, पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्याय लगायत अभिभावक विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।












