कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३ बुँदे सहमति सहित मिलापत्रको छ ।


नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत बिच हातहालाहाल भएको र नभएको विवादले नगरको वातावरण अस्त व्यस्त भए पछि मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापाको रोहबरमा ३ बुँदे सहमतिका साथ मिलापत्र भएको उल्लेख छ ।
३ बुँदे सहमतिको बुंदा नं. १ मा भनिएको छ । कञ्चनरूप नगरपालिकामा मंसिर २३ गते भएको घटना उपर छलफल हुँदा आ आफ्नो तवरबाट भएका कमी कमजोरी र गल्ती महसुस गरी एक अर्का बिच अमर्यादित व्यवहार नगरी नगरपालिका भित्र सौहाद्र पूर्ण कार्य वातावरण सुरक्षाको प्रत्याभूति दिने निर्णय गर्ने ।

त्यसै गरी बुंदा नं. २ मा कञ्चनरूप नगरपालिकाका महत्वपूर्ण निर्णय गर्दा नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच सहकार्य गरे गर्ने । बुंदा नं. ३ मा आ आफ्नो पदीय मर्यादामा रही काम कार्यवाही सुचारु गर्ने र व्यक्तिगत कमी कमजोरी बोली भाषा व्यवहार सुधार गर्दे जाने उल्लेख छ ।
उक्त घटनामा नगर प्रमुख गुप्ताले आफूले हातपात नगरेको दावी गर्दै आएका थिए भने अधिकृत घिमिरेले नगर प्रमुखले कार्यकक्षमा बोलाएर आफूलाई हातपात गरेको बताएका थिए ।
घट्नापछि नगरपालिका र वडा कार्यालयका कर्मचारीहरू सम्पूर्ण काम कारवाही रोकेर आन्दोलनमा उत्रिएका थिए भने सहमतिपछि बुधबारबाट सेवा सुचारु हुने कर्मचारीहरूले बताएका छन ्।












