कञ्चनरुप । अत्याधिक बढेको चिसोलाई लक्षित गर्दै हुनेले दिएर जाउ, नहुने लिएर जाऊ भन्दै सप्तरीको कञ्चनपुरमा आवश्यक भएका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई आफूलाई चाहिएको कपडा छानीछानी लैजान सकिने ब्यवस्था गरिएको छ् ।


कञ्चनरूप नगरपालिका वडा नं। ८ स्थित रौनियार धर्मशालामा लायन्स क्लब कञ्चपुर हाइट को आयोजनामा कपडा बैङ्कमा पुराना तर लगाउन र प्रयोग गर्न मिल्ने सामान संकलन गर्ने गरिएको छ ।

आवश्यक भएका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यले आफूलाई चाहिएको कपडा यहाँबाट छानीछानी लैजान सक्छन् । पैसा तिर्नु पर्दैन। सित्तैँमा लैजान सक्छन् । त्यस्तै, दुईरचार पटक लगाएका वा कहिल्यै नलगाइएका पुरानो कपडा दिन पनि सकिन्छ । ‘कपडा बैङ्कमा महिलाले लगाउने कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा छन् । पुरुषका पेन्ट, सर्ट, हाफपाइन्ट, टिसर्ट, गन्जी ल बालबालिकाहरूको लागी पनि कपडा छन्, ।
सित्तैँमा पाइने यी कपडा तथ सामान लिन बढीजसो विपन्न परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक आउने गरेका क्लबका अध्यक्ष घनश्यास रौनियारले बताए ।
अशक्त, अपांग र टुहुरा बालबालिका तथा दैवी प्रकोपले प्रभावित व्यक्तिलाई सहयोग पुगोस् भनेर ‘कपडा बैंक’ को सुरुवात भएको क्लबकै आकाश गुप्ताले बताए ।













