कञ्चनरूप । मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री सुरीता साहले बातर समुदायको हकहित र संरक्षणका लागि प्रदेश सरकार प्रतिबन्ध रहेको बताएकी छन ।


सप्तरीको कञ्चनरूप नगरपालिका–४ जगतपुर, कबिलासामा ७ औ माघे तिलासंक्रान्ति महोत्सवको उद्घाटन गर्दै सो कुरा बताएकी हुन ।
मन्त्री साहले मुलुकमा सबै जातजातीले मनाउने कला संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिइनँ, सभ्यता प्राचीन सभ्यता रहेकोले यसको संरक्षणमा राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि साहले सबै जातिसमुदायको संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

मन्त्री साहले दलितहरुको हकहित र विकासको लागि मधेस प्रदेश सरकारले गठन गरेको ‘दलित विकास समिति’ले गर्नुपर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता जनाइन् । दलित सशक्तिकरण ऐन मधेस प्रदेश सभाबाट बहुमतले पास भएको स्मरण गराउँदै कार्यान्वयनमा ढिलाई भइरहेको औंल्याइन् ।
मेला समितिका अध्यक्ष राजेश कुमार सरदारको अध्यक्षतामा आयोजित महोत्सवमा कञ्चनरूप नगर प्रमुख ललन प्रसाद गुप्ता, जसपा मधेश प्रदेश सचिव दिनेश यादव, युवा नेता भोला पासवान, नेपाली कांग्रेसका उमेश मिश्र, लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
गेडसिँह बाबा मेला समिति जगतपुर द्वारा आयोजित माघे संक्रान्तिको अवसरमा बाँतर समुदायको जातजाति, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम, मेला, तथा जातीको भेषभुषा, पहिरनमा झाँकीको प्रदर्शन गरिएको छ ।
सरदार (बाँतर) समुदायले कुलदेवता गेंडसिँहको पुजा गर्दै जातजाति, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि माघे तिलासंक्रान्ति महोत्सव मनाइएका छन ।
आफ्ना पुर्खाको रुपमा रहेको कुल देवता गेडसिंह बाबाको विधिपूर्वक पुजा आराधना गरेपछि खसीको बलि प्रदान गरेर बाँतर समुदायले माघे संक्रान्ति पर्व मनाएका हुन् ।
आँगन चोखो पारी पानसुपारी, लडु , अक्षता, खीर, तिलको लडु, भुजा चिउराको लाय, तुलसीको पात, बगिया, गुलि, रक्सी, विडि, सुर्ती, गाँजा,धुप, चामलको पुरी सेतो कपडामा राखी चढाएर पुजा गरि खशीको बलि दिने परम्परा रहेको मेला समितिका अध्यक्ष राजेश सरदारले बताए ।
यसै गरी माघ १ गते अग्नीसाइर कृष्णावरन ४ प्रशवनीमा पनि बाँतर समुदायले माघे संक्रान्ति पर्व धुमधामको साथ मनाएका छन् ।
प्रशवनी टोलमा पुजारी अस्मितलाल सरदारले २४ घर, भुलाइ सरदारले २१ घर, सुपिन सरदारले १६ घर, बौकाइ सरदारले १५ घर, जंग बहादुर सरदार ८ र आफू समेत गरि छुट्टाछुट्टै ८ स्थानमा थान स्थापना गरि पुजा गरिएको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेको कपिल सरदारले बताए ।












