कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ८ मा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ औं वार्षिक उत्सव मनाएको छ ।


सहकारीले १६ वर्ष पार गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष अनोज कुमार यादवले केक काटेर उद्घाटन गरे ।
१७ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थालाई बेहुली झै सिघारीएको थियो भने शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरू उत्साहका साथ वार्षिक उत्सव सरिक थिए ।

वार्षिक उत्सवकै अवसरमा दिउसो संस्थाको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी राजविराजको सहयोगमा रक्तदानको कार्यक्रम समेत गरिएको थियो ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान संस्थाका अध्यक्ष अनोज कुमार यादवले बताए । वार्षिक उत्सव अवसरमा संस्थाले नियमित सावा, ब्याज भुक्तानी गर्ने सविता राणा भट्टराई र ऋण असुल गरेबापत सहकारीका ऋण अधिकृत उमेश परिहसतलाई अध्यक्ष यादवले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सहयोगी विभिन्न समयमा दैवी प्रकोप , संस्थाका शेयर सदस्यलाई औषधीउपचार , मृत्यु वरणमा समाजिक उत्तरदायित्व सम्झी सहयोग गर्दै आएको छ ।












