कञ्चनरूप । सप्तरीको कञ्चनरूपमा सञ्चालित आँखा शिविरमा १०४ बर्षिया वृद्धाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया भएको छ । कञ्चनरूप नगरपालिकाको सहयोगमा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको आयोजना तथा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंको सहयोगमा बुधबार देखी सुरु भएको आँखा शिविरमा कञ्चनरूप नगरपालिका वडा नं. १२ की १०४ बर्षिया मनमाया खतिवडाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको हो ।


१०४ बर्षिया खतिवडा सहित २ सय १७ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको छ भने आँखा शिविरमा माघ ६ गते सम्म सञ्चालन हुने छ ।

आँखा शिविरमा बुधबार ४ सय ३५ जनाको आँखा जाँच भएको थियो भने बुधबार ५०० जनाको आँखा जाँच गरिएको छ ।
कञ्चनरूप नगरपालिका वडा नं। १२ मा बुधबारबाट सञ्चालित आँखा शिविरको उद्घाटन विहीबार नगर प्रमुख ललन प्रसाद गुप्ताले गरेका थिए ।
शिविरमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेका महिला पुरुषलाई नगर उप प्रमुख मुना कुमारी पोखरेलले निःशुल्क खिचडी खुवाउने ब्यवस्था गरेकी छन ।
तिलगंगा आँखा प्रतिष्ठानले काठमाडौँले प्रत्येक वर्ष कञ्चनरूपको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा आइ निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्दै आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानले गत वर्ष १ हजार ४ सय ३७ जनाको आँखा जाँच गरेको थियो भने ६ सय ९४ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको थियो ।
शल्यक्रिया शिविरमा प्रतिष्ठानका नेत्र डा सृजना अधिकारी सहितका २६ जनाको टोली आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया संलग्न रहेको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरका सञ्चालक समिति अध्यक्ष अमर श्रेष्ठले बताए ।
आँखा शिविरमा सिरहा सुन्सरी सहित छिमेकी राष्ट्र भारतका विभिन्न ठाँटबाट आँखाको सेवा लिन आएको समितका उपाध्यक्ष राजन अधिकारीले बताए ।
उक्त शिविरको लागि सहयोगी संस्थाका रुपमा कञ्चनरूप वडा नं। १२ को शंकर मावि सामुदायिक विद्यालयले मोतिबिन्दु शल्यक्रिया गरेका बिरामीलाई रात्रि विश्रामका लागी विद्यालय भवन उपलब्ध गराएको छ ।
आँखा शिविरको उद्घाटनमा कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र, समाजसेवीहरू तथा पूर्व प्राधानाध्यापक शम्भु प्रसाद उपाध्याय, जित बहादुर श्रेष्ठ , लेख नारायण श्रेष्ठ, दक्ष नारायण श्रेष्ठ, वडा १२ वडा अध्यक्ष, देवी बहादुर खत्री , ९ ंनं. राम सन्दर यादव , ६ नं। बच्चुलाल चौधरी, ८ नं. कृष्ण प्रसाद साह , लगायतको उपस्थिति रहेको थियो ।












