नर्मदेव यादव /रुपनी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा बिहीवार एक वृद्वाको चिसोले कठङ्रीएर मृत्यु भएको छ । स्थानीय ७७ वर्षकी पार्वती देवी साहको चिसोले कठङ्रीएर ज्यान गएको हो ।


बुधबार साँझ खाना खाएर राम्रै सुतेको हजुर आमा बिहीवार मृत भेटिएको नाति निरज कुमार साहले जानकारी दिए।
चिसो कठङ्रीएर मृत्यु भएको स्थानीयले जानकारी दिएपछि रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव वडा नम्बर ६ का वडा अध्यक्ष बद्री सरदार लगायतका स्थानीय जनप्रतिनिधिहरू मृतकको घरमा पुगेर घटना बारे जानकारी लिएका छन् ।













